कहिले हँसाउँछौ कहिले रूवाउँछौ
किन पो तिमीले मलाई तडपाउँछौ
जति घृणा गर्छौ त्यतिनै माया गर्छौ
तिमी यो नजरमा नजर मिलाउँछौ
तिम्रो ओंठमा मिठो हरदम मुस्कान
लज्जावती फूलझैं झुकेर लजाउँछौ
जति रिसाए नी हेर माया त रैछ नी
त्यो मनले नमानेर सपनी मा आउँछौ
बोलाचाली छैन् हाम्रो भेटघाट छैन्
मात्र तिमीले मलाई संदेश पठाउँछौ ।
~मानन्धर अभागी
काठमाण्डौ