Latest Post

कहिले हँसाउँछौ कहिले रूवाउँछौ साहित्यकार महानन्द ढकालको उपन्यास बुह्रानको आवरण सार्वजानिक साहित्यिक चौतारी नेपालकाे आयाेजनामा शुभकामना आदानप्रदानसँगै रचना वाचन कार्यक्रम सम्पन्न धनकुटामा साहित्यिक चौतारी नेपालकाे इकाई समिति गठन औसीको अँधेरी रातमा पत्तो नपाई रात बित्यो यति द्रब्य मोह किन मरेर जानु छ
– ,भरत तिमल्सिना
 
तिमीले सर्त राखी माया
लाउँदा मान्नु भुल भयो,
सुख्खा थिए यी आँखा नि
आँसु झर्दा मुल भयो ।।१।।
 
सारथी बन्छु भन्थैं जिवनको
सुःख दःखमा साथ दिन्छु,
तिमी ठोकिएर लडन् खोजे
कहिल्यै नछुटने यी हात दिन्छु ।।२।।
 
तिमीले गरेका वाचा कसम
बार मासे फुल भयो,
सुख्खा थिए यी आँखा नि
आँसु झर्दा मुल भयो ।।३।।
 
प्रगाढ माया अटुट विश्वास
हामी विच अब रहेन,
छेपारो झैं रङ्ग र्फेदै
प्रित लाउँछेऊ थाहा थिएन् ।।४।।
 
मनमा सजाएका सपना सारा
उडी जाने धुल भयो,
सुख्खा थिए यी आँखा नि
आँसु झर्दा मुल भयो ।।५।।
 
मनमोहन मुहार तिम्रो
सम्झी ढुकढुकी चलिरह्यो,
प्राण बनाई दिलमा राखेथ्यँ,
तिमी बाटै मायामा छली भयो ।।६।।
 
दुई किनारा भयौ हामी
सम्बन्ध भत्किएकै पुल भयो,
सुख्खा थिए यी आँखा नि
आँसु झर्दा मुल भयो ।।७।।
 
तिमीले सर्त राखी माया
लाउँदा मान्नु भुल भयो,
सुख्खा थिए यी आँखा नि
आँसु झर्दा मुल भयो………….
 
दर्पण

Leave a Reply

Your email address will not be published.