सधैं साथ छोडछ सुखले पनि, खुशिले पनि
तल्तल गरि रहन्छ यो मन मधुशाला नपसे
अम्मली बन्न सिकायो माया ,पिरतिले पनि
बा लाई चिहान छोडेर फर्केको थे जुन दिन
आखिर त्यही दिन छोडि गयौ तिमिले पनि
दुश्मन मात्रै मेरा लागि खतरा हुन् लाग्थ्यो।
पाइलै पिच्छे काँडा राख्छिन सखिले पनि
खै त चामल ल्याएको भोकै छन् छोराछोरी
हेरन, आज उधारो दिएनन् साहुजिले पनि
– आभाष बेसहारा
माडी १ रोल्पा